५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित

प्रदेश १ प्रदेशसभाको बैठक २ घण्टा स्थगितगरिएको छ। प्रदेशसभामा पेश भएको कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव संसोधनका लागि २ घण्टा बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठकमा जानकारी दिए।

बुधबारको प्रदेशसभाको पहिलो बैठकमा प्रस्ताव गरिएको कोशी प्रदेश नामाकरणको  प्रस्ताव छलफलका लागि प्रदेशसभाले पारित गरेको थियो। नेकपा एमालेका सांसद रामबहादुर  मगरले कोसी प्रदेश नामाकरणको प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए।

प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी र जसपाले टेबुल गरेको किराँत लिम्बुवान सगरमाथा प्रदेश नाम भने अस्वीकृत गरेको छ। नेकपा एमालेले दर्ता गराएको कोशी प्रदेशमा माओवादी केन्द्र,नेपाली काँग्रेस र राप्रपाका सांसदले समर्थन जनाएका छन्। दुई घण्टा पछि बस्ने बैठकमा मतदान हुने छ। मतदान गरेर कोशी नाम आजै पास गर्ने तयारी प्रदेशसभाले गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App