१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कात्तिक १७ अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य

काठमाडौं—संविधान संशोधनका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका मुख्य नेतासँग अाज अाइतबार छलफल गर्दैछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण क्रममा राजनीतिक सम्वाद  हुने भएपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति जुटाउन प्रयास तीब्र पारेका हुन्।

प्रधानमन्त्रीले शनिबार मोर्चा र संघीय गठबन्धनका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार मुखर्जी काठमाडौं उत्रनु अघि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न तयारी गरिएको छ।

मधेसी नेताहरुसँगको बैठक अपारन्ह ४ बजे प्रधाननमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

दाहाल सरकारलाई समर्थन दिने बेलामा मोर्चासँग कांग्रेस-माओवादीको ३ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने माग मोर्चाले अघि सार्दै आएको छ। आज हुने बैठकमा सिमाङ्कन लगायतका मागका विषयमा छलफल केन्द्रित हुने स्रोतले बतायो।

प्रधानमन्त्रीले शनिबार मोर्चा र संघीय गठबन्धनका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार मुखर्जी काठमाडौं उत्रनु अघि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न तयारी गरिएको छ। दाहालले भारत भ्रमण अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता हुँदै बताउँदै आएका थिए। भारतीय राष्ट्रपतिले राजनीतिक सम्वाद गर्ने भनिएपछि प्रधानमन्त्री दाहालमाथि संविधानका विषयमा छिटो सहमति गर्ने दवाब बढेको छ।

कात्तिक १७ गते भारती राष्ट्रपति मुखर्जी नेपाल अाउने कार्यक्रम छ।

प्रकाशित: १४ कार्तिक २०७३ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App