६ वैशाख २०८१ बिहीबार
राजनीति

अमेरिकी राजनीतिमा नेपाली

बस्टन (अमेरिका)– विगत डेढ दशकदेखि अमेरिका बस्दै आएकी मदलासा गुरुङ डेमोक्रेटिक पार्टीका तर्फबाट न्यु ह्याम्पसायरको प्रतिनिधिका लागि २४ नम्बरको मेरिमक्सबाट चुनावमा प्रतिस्पर्धा गर्दै छिन् ।

‘म अहिले अमेरिकी हुँ । राजनीतिमा भाग लिएर म यहाँ परिवर्तन गर्नसक्छु तर नेपालमा भने सक्दिँन,’ गत साताको सुरुमा डेमोक्रेटिक पार्टीको म्यानचेस्टरमा भएको ¥यालीमा सहभागी हुँदा उनले भनिन् ।

गुरुङ ‘आइ एम डुअर नट अ टकर्स’ नारामा चुनाव लडेकी छिन् । अमेरिकी राजनीतिमा नेपाली आप्रवासीले कसरी आफ्नो प्रभाव विस्तार गरिरहेका छन् भन्ने गुरुङ उदाहरण हुन् ।

सन् २०१६ को यो निर्वाचनमा आप्रवासीको मुद्दा निकै उठेको छ । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव प्रसारमा आप्रवासीहरूको बारेमा धेरै नकारात्मक टिप्पणी गर्दै आएका छन् ।

उनले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने र मुलसमानलाई प्रवेशाज्ञा नदिने जस्ता नकारात्मक टिप्पणी गरेका छन् ।
‘ट्रम्पका मतदातामा जातिवादी आक्रोश रहेको भटिन्छ । उनीहरू अफ्रिकी अमेरिकी, ल्याटिनी र अमेरिकामाका आप्रवासीले अनावश्यक रुपमा सुविधा र मान्यता पाएका छन् भन्ने ठान्छन् । उनीहरू गोरा अमेरिकीले त्यस्तो सुविधा प्राप्त गर्न नसकेको वा त्यसको मूल्य चुकाइरहेको ठान्छन्,’ बस्टनस्थित इमर्सन कलेजका फ्याकेल्टी मेम्बर मिचेल वेइलेरले भने ।
आप्रवासीसम्बन्धी रिपब्लिकनहरूको धारणा झुटमा आधारित छ । उनले भने, ‘मेक्सिकोका आप्रवासीले केही पनि सुस्त पारेका छैन । रोजगारी सिर्जना र अर्थतन्त्र विस्तारमा कुनै समस्या पारेका छैनन् तर रिपब्लिकन असमानजस्यमा छन् र आप्रवासीको समस्या देखाएर चुनाव लडिरहेका छन् ।’

ट्रम्पका समर्थकले शरणार्थीसहित आप्रवासीले अमेरिकी सुरक्षालाई खतरामा पारेको ठान्छन् । ट्रम्पको चर्का कुराले नोभेम्बर ८ मा हुने राष्ट्रपतीय चुनावमा आप्रवासीहरूमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको पकड देखिएको छ ।

‘मसँग आप्रवासीको देशभरको तथ्यांक छैन तर हिलारी क्लिन्टनलाई तीमध्ये बहुसंख्यकले मतदान गर्ने छन् । आप्रवासीप्रति राम्रो धारणा राख्ने डेमोक्रेटिक पार्टीको एजेन्डालाई यहाँ बस्ने नेपालीले समर्थन गर्छन्,’ न्यु ह्याम्पसायरमा बस्दै आएका सोम गुरुङले भने ।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App