१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको मुद्दा ओझेलमा पार्न महाअभियोग प्रस्तावः महतो

काठमाडौैं–संघीय समाजवादीफोरम नेपालका सांसद तथा केन्द्रीय सदस्य डा. वीरेन्द्र महतोले संविधान संशोधनको मुद्दालाई ओझेलमा पार्न  प्रमुख दलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

शनिबार दिपावली तथा छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा नेता महतोले सरकार गठनको पूर्व सन्ध्यामा काँग्रेस र नेकपामा ओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको तीनबुँदे सहमति अझैसम्म कार्यान्वयन नभएको आरोप लगाए। उनले तीन बुँदे सहमति कार्यान्वयनकालागि वर्तमान सरकार उदासीन रहेको गुनासो पोखे।

महतोले छठसम्मपनि आफूहरुको माग पूरा नभए छठ लगत्तै आन्दोलनको गर्ने चेतावनी दिए। उनले अघि भने, ‘छठसम्म हामीले यो सरकारलाई पर्खिने भनेका छौं, हुन त सरकारले पनि हामीलाई छठसम्म संविधान संशोधनमार्फत हाम्रामाँगहरु पूरा गर्छौं भनेर प्रतिबद्धता गरेको छ,  छठसम्म  संविधान संशोधन भएन भने हामी संघर्षमा उत्रिन्छौं।’
महतोले सरकारले मधेसीलाई अधिकार दिने कुरामा पटक–पटक कन्जुस्याँई गरेको समेत आरोप लगाए ।

सांसद महतोले तत्काल संविधान संशोधन गरी आफूहरुले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गर्दै संविधान संशोधन बिना मुलुकमा कुनैपनि निकायको चुनाव हुनै नसक्ने चेतावनी दिए। उनले मधेसी जनताको धैर्यको बाँध टुटाउने काम यो सरकारले नगरोस भन्दै आफूहरु अत्यन्तै संयमित भएर अधिकारको लडाईंमा होमिएको बताए।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुको औचित्य पुष्टि हुनुपर्ने बताए ।

उनले  विगतमा कार्कीलाई अख्तियार प्रमुख बनाउनुको कारण र अहिले आएर उनीमाथि महाअभियोग लगाउनुको कारण स्पस्ट पार्न प्रमुख दलहरुलाई आग्रह गरे। अख्तियार प्रमुख कार्कीमाथिको महाअभियोगको पक्ष र विपक्षमा आफ्नो पार्टीले तत्काल केही धारणा सार्वजनिक नगर्ने भन्दै अदालतमा विचाराधीन अवस्थामा रहेको उक्त विषयको टुंगो अदालतबाटै लगाउनु पर्नेमा महतोको जोड थियो।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App