२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश नं १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

फाइल तस्बिर

प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ।

राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राप्रपा संघीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश नं १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो। राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश नं १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए। उनले भने, 'प्रदेश नं १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन।'

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए। प्रदेश नं १ प्रदेशसभामा राप्रपाका छ सदस्य छन्। राप्रपाले नेकपा ९एमाले० सँग सहकार्य जारी रहने बताएको छ। एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य छन्। कूल ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ। रासस

प्रकाशित: १४ फाल्गुन २०७९ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App