२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटार जानुअघि नेपालले गरे ओलीसंग छलफल

फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि बालुवाटारबाट बाहिरिएका ओली नेपाललाई भेट्न माहाराजगंज पुगेका हुन्। बालुवाटारको छलफलमा जानुअघि माधव नेपाल र  ओलीबीच छलफल भएको हो। 

आजै दिउँसो ओलीले बालुवाटारमा प्रधानमन्त्री दाहालसंग दुईघण्टाभन्दा लामो  वार्ता गरेका थिए। दुई घण्टाभन्दा बढी चलेको छलफलमा के विषयमा कुराकानी भयो भनेर कसैले पनि ब्रिफिङ गरेका छैनन्।

यता, बालुवाटारमा अहिले सात दलबीच छलफल भइरहेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जसपा नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भइरहेको छ।  

शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ। 

प्रकाशित: १२ फाल्गुन २०७९ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App