४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीलाइ सुझाव दिन जसपाले गठन गर्‍याे परामर्श समिति

जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा परामर्श समिति गठन गरेकाे छ। जसपा नेतृत्व सरकारलाई सहयोग गर्ने उदेश्यले पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्य परामर्श समिति गठन गरेको हाे।

सरकार संचालनका लागि पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझावका र सहयोग गर्न पार्टीका कार्यकारिणी सदस्य समेत रहेका पुर्वमुख्यमन्त्री राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत जानकारी दिए।

उक्त समितिमा गोविन्द चौधरी, धनुषा प्रतिनिधिसभा निर्वाचन( १ का सदस्य दीपक कार्की, जनकपुरधामका पुर्व मेयर लालकिशोर साह र मुख्यमन्त्री सरोजकुमार यादव रहेको छ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७९ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App