१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ: मन्त्री किराती

फाइल तस्बिर।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पारे।

मन्त्री किरातीले भने, 'संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हन्छ उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ।' उनले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्ति राष्ट्रपति हुनु पर्नेमा जोड दिए।

नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टाभन्दा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्छ र संस्थान नाफामा जानुपर्छ भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने उनले बताए।

वर्तमान सरकार निरन्तररूपमा सञ्चालन हुने हुनाले त्यसमा कुनै शङ्का नगर्न आग्रह गर्दै उनले मन्त्रालय अन्तर्गत काम गर्दा अप्ठ्यारो र असहज स्वाभाविक भए पनि असम्भव नरहेको स्पष्ट पारे। रासस

प्रकाशित: १ फाल्गुन २०७९ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App