२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महामन्त्रीद्वयलाई रिजालको प्रश्नः जनयुद्ध दिवसबारे कांग्रेसको धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि?

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरेका छन्।

नेता रिजालले सरकारले जनयुद्ध दिवसको दिन सार्वजानिक बिदा दिएपछि कांग्रेसको आधिकरिक धारणा माग गरेका हुन्।

रिजालले सोमवारको सरकारको निर्णयबारे प्रश्न उठाउँदै कांग्रेसका महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्ताको समेत धारणा माग गरेका हुन्। उनले सरकारको निर्णयलाई वृहत् शान्ति सम्झौता र संविधान विपरीत भनेका छन्।

उनले लेखेका छन्, 'एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित ूजनयुद्ध दिवसू बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछिरु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।'

सम्झनाकालागि

'नेपाली काङ्ग्रेसको सभापति श्री गिरिजा प्र कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ। माओवादी, एमाले अहिलेको एकिकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो।'

प्रकाशित: १ फाल्गुन २०७९ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App