४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एयरपोर्टका महाप्रबन्धकले मन्त्रीकाे नाममा राष्ट्रिय एयरलाइन्ससँग घुसमागे पछि निलम्बन गरियो: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरलाइन्ससँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन्।  

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताएका हुन्।  

उनले भने, ‘भर्खरै त्रिभुवन विमानस्थलको महाप्रबन्धकलाई निलम्बन गरेर आउनु परो। देशलाई यो कुर्चीमा बसेर धोका दिन पाउँदैन। मन्त्रीलाई पैसा कहिले बुझाउनु पर्ने कोसलाई बुझाउनु पर्ने स्पस्ट हुनु पर¥यो।’

उनले आफूले कसैको पनि एकपैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरु खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए। घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो।  

मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारबाही हुनुपर्ने जिकिर गरे।  

पर्यटन प्रवद्र्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनको भनाइ छ। उनले पशुपति लुम्बिनिमा कतिले भ्रमण गरे यस्को एकिन त्थयाङक जनताले बुझने गरि दिनु पर्ने बताए। उनले कर्मचारीलाई हेरफेर गरेर आतंक नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे।

उनले उपाध्यक्षको भनाईको जवाफ दिदैँ भने, ‘ म कुनै जहाजको क्कपीटमा बसेर उडाउने पाइलट होइन। मत्र राफटिङमा यात्रा गरेको यात्री हो जाहाँ सबैको उत्तिकै भूमिका हुन्छ। रयाफटिण्मा सबैको भूमिका हुन्छ र गन्तवयमा पुग्छ हो म त्यहि हो।’

मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए। उनले १० ठाँउमा १० वटा कार्ययोजना लिगेर घुसखाने काम बन्द गराएको बताए। उनले आफ्नो सम्बन्ध भनेको काम र परिणामा हुने बताए।  

उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशनसमेत दिए।  हिन्दुहरुको एक मात्र स्थान पशुपतिमा पशुपतिमा हिन्दु विश्वविद्यालयबनाहौँ हामि सहयोग गर्ने उनले बताए।  

प्रकाशित: २७ माघ २०७९ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App