२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान र व्यवस्थाविरुद्ध नबोल्न रामकुमारी झाक्रीको चेतावनी

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले संविधान र व्यवस्थाविरुद्ध नबोल्न चेतावनी दिएकी छिन्।

राप्रपाले संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर ‘जात्रा’ देखाएको भन्दै उनले आपत्ति समेत जनाइन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन्।

सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याइन्। उनले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन्।

सचिव झाँक्रीले भनिन्, ‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढने हो कि भन्ने लाग्छ। हाम्रा दलहरुका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन। संसदमा जात्रा देखिएको छ। व्यवस्थाका विरुद्धमा विष बमन गरिएको छ। त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ। यसले जनतालाई निराश बनाएको छ। अहिले यसो गर्नका लागि अब धेरै कुरा बाहिर बोलेर होइन। चेन्ज हुने गरी गर्नु पर्दछ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताइन्। उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने पनि बताइन्।  

प्रकाशित: २५ माघ २०७९ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App