२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समिति र स‌सदीय दलकाे स‌‌युक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा सभापति रवि लामिछाने र पार्टीलाई समेत गृहमन्त्रालय नदिने अडान राखेपछि सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो। 

तर सरकारलाई दिएको समर्थन भने  फिर्ता नलिने एक नेताले बताए।

चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका थिए। पुन  नागरिकता लिएपछि उनले  गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका थिए।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल भने सकारात्मक थिएनन्। त्यसैले गृहमन्त्री नपाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको थियाे। सोही विषयको टुंगो लगाउन रास्वपाले केहि दिनदेखि बैठक बस्दै आएपनि टुंग्यो लगाउन सकेको थिएन्।

प्रकाशित: २२ माघ २०७९ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App