८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताए। सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिए।

उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए।  

प्रकाशित: १९ माघ २०७९ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App