१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृह मन्त्रालय विवादको विषय नै होइन: ओली

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री कसलाई दिने भन्ने विवादको विषय नै नभएको बताएका छन्। 

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठन गर्दा नै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले गृहमन्त्रीको विषय विवादको विषय नभएको बताएका हुन्।  

सरकार गठन गर्दा नै सहमति भइसकाले त्यहि सहमति पालना हुने भएकाले गृहमन्त्रालय छलफल र विवादको विषय नभएको धारणा राखे। ओलीले गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट पारे। ‘गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने हो’ ओलीले भने, ‘यो छलफल र विवाद गर्ने  विषय नै हैन।’  ओलीले गृहमन्त्री बन्नलाई अदालतको पूर्णपाठ पनि आवश्यक नरहेको बताए। ‘पूर्णपाठ किन चाहियो ? पढेर कण्ठ गर्ने हो ? ’ ओलीले भने। ओलीले राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रीको विषयले अहिलेको सरकार संकटमा नपर्ने स्पष्ट पारे। 

प्रकाशित: १९ माघ २०७९ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App