१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उपाध्यायसहित सोरु गाउँपालिका–६ का तत्कालीन वडा अध्यक्ष मनप्रसाद भट्ट, सब–इन्जिनियर मनोज धामी, जगतबहादुर मल्ल, सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समूहका अध्यक्ष रतनबहादुर शाही, सचिव धर्मबहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्यालविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारका अनुसार सोरुकोटस्थित खौलाचौर खेलमैदान निर्माण योजनामा प्रमुख अधिकृत उपाध्यायसहित सब–इन्जिनियर धामी र मल्लले गलत नापी किताव तयार गरी फिल्डमा नभएको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

यस्तै फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष शाही, सचिव मल्ल र कोषाध्यक्ष धनदेवी छत्यालले गाउँपालिकासँग गरेको सम्झौता विपरीत फिल्डमा नभएको कार्यसमेत नापी कितावमा चढाएको र तत्कालीन वडाध्यक्ष भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरेको आरोपपत्रमा उल्लेख छ। उपाध्याय हाल सुर्खेतको चौकुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन्।

प्रकाशित: १८ माघ २०७९ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App