१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई नदिने :प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय कसलाई दिने वा नदिने निर्णय नगर्ने बताएका छन्।

आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताएका हुन। माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए।

आज विहान मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रालय आफ्नो पार्टीको भाग भएकाले आफूहरूले पाउनुपर्ने अडान राखेका थिए।

गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो। रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुन कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले आइतबार नेपाली नागरिकता पुन कायम गरिसकेका छन्।लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन।  

प्रकाशित: १७ माघ २०७९ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App