coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

के प्रधानमन्त्री दाहालले सहरी विकास मन्त्री पाण्डेलाई स्पष्टिकरण सोध्लान त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (मंगलबार) राष्ट्रिय सभा बैठकमा संघीयताको बिरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोध्ने प्रतिवद्धता जनाएका थिए। 

तर आजै सहरी विकास मन्त्री विक्रम पाण्डेले चितवनको भरतपुर पुगेर संचारकर्मीहरुमाँझ संघीयता र धर्मनिरपेक्षताको विरोधमा अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री दाहालकाे चेतावनीकाे बाबजुद उनले यस्ताे अभिव्यक्ति दिएका हुन्।

मन्त्री पाण्डेले भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘हामीले संघियता स्वीकार गरेका छैनौँ। राजतन्त्रको विषयमा कुरा उठाएका छौँ। धर्मनिरपेक्षताका कुरालाई विरोध गरेका छौँ। त्यो यावत छ।,’  

उनले सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता र धर्मनिरपेक्षताको बिरोधमा रहेको उल्लेख गर्दै आफ्नो पार्टीको सिद्धान्त अनुसार नै आफ्ना धारणा राख्ने बताएका थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रियसभाको मंगलबारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले त्यस्तो बताएका थिए।

प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले संघीयताका विषयमा सरकारको धारणा मागेकी थिइन्। उनले भनिन्, ‘सरकारका कानुनमन्त्रीले एउटा टेलिभिजन अन्तर्वार्तामा संघीयता खारेज गर्नुपर्छ भन्नुभयो। संघीयताप्रति यो सरकारको धारणा के हो रु मन्त्रीले नै खारेज गर्ने कुरा गरेपछि संघीयता कार्यान्वयन हुन्छ भन्नेमा हामी कसरी विश्वस्त हुने रु त्यसैले यस विषयमा सरकारको स्पष्ट धारणा चाहन्छु।’

बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सांसद देवकोटाको भनाइप्रति लक्षित गर्दै भने, ‘हुन त मैले यो कुरा हेरेको पनि थिइनँ, थाहा पनि पाएको छैन। हाम्रै क्याबिनेटभित्रका मन्त्रीले नै संघीयता खारेज गर्नुपर्छ भनेर भनेको यहाँ माननीयले सुनाउनुभयो। मेरो यसमा गम्भीर ध्यानाकर्षण भएको छ। यो स्पष्टीकरणको विषय हुन्छ।

मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्ना कुरा राख्ने अधिकार सबै राजनीतिक दल, माननीय सदस्यलाई हुन्छ। तर मन्त्रिमण्डलभित्र बसेर संघीयता, लोकतान्त्रिक गणतन्त्र विरुद्ध बोल्ने या प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले कसैलाई पनि हुन सक्दैन।’ उनले फेरि भने, ‘म यो प्रस्ट गर्न चाहन्छु कि यो स्पष्टीकरणको विषय हुन्छ।’

सहरी विकास मन्त्री विक्रम पाण्डेले बुधबार भरतपुरमा व्यक्त गरेका धारणा विस्तृतमा.....

सहरी विकास मन्त्री विक्रम पाण्डेले राष्ट्रिय प्रजातन्त्र पाटी सधैँ संघीयता र धर्मनिरपेक्षताको विरोधमा रहेको बताएका छन्।

आज (बुधबार) भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पाण्डेले आफ्नो पाटीको सिद्धान्त अनुसार नै आफ्ना धारणा राख्ने बताएका हुन्।

'हामीले संघियता स्वीकार गरेका छैनौँ। राजतन्त्रको विषयमा कुरा उठाएका छौँ। धर्मनिरपेक्षताका कुरालाई विरोध गरेका छौँ। त्यो यावत छ,’ उनले भने।

'जुन किसिमले सोचेका छौँ त्यही हिसाबले अगाडि बढ्छौँ। पाटीको धारणा रोकिँदैन।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष समेत रहेका पाण्डेले अहिलेको संरचनामा रहेर आफ्नो धारणा राख्ने बताए।

प्रकाशित: ११ माघ २०७९ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App