जडीबुटी निर्यात हुने मुख्य चिनियाँ नाका बन्द हुँदा जडीबुटी सङ्कलन सहित निर्यात घटेको छ।विगतमा जस्तो अन्तर्राष्ट्रिय बजारमा कर्णालीको जडीबुटी निर्यात नभएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्गबहादुर महतले बताए।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो।
पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकाश सुनार रहेका छन्। उनलाई सोमबार दिउँसो ३ बजे जुम्लाको सदरमुकाम खलंगा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।