५ वैशाख २०८१ बुधबार
राजनीति

गृहमन्त्री लामिछानेको मुद्दाको सुनवाई शुक्रबारलाई तोकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी भइरहेको मुद्दाको सुनुवाइ शुक्रबारलाई तोकिएको छ।

बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले शुक्रबार तोकिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

संवैधानिक इजलासले पुस ६ गते  सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस २२ गते दुवै पक्षको छलफल गरेको थियो। उक्त इजलासले माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो।

प्रकाशित: ११ माघ २०७९ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App