coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम: गृहमन्त्री लामिछाने

फाइल तस्बिर।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाहको कारण हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन्।

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले फेसबूकमा स्टाटस लेख्दै भर्खर आएका राजनीतिक दलहरुले उत्साह र आशा जगाउन नसकेको बताएका छन्।

‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम  हो’, उनले लेखेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’

आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

यस्तो छ गृहमन्त्री लामिछानेको स्टाटस:

एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

प्रकाशित: ११ माघ २०७९ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App