१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा जुहारी खेल्दै मेयर बालेन

काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा धेरै दिनदेखि जुन सुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेका छन्। उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको कमेन्टले आलोचना खेपी रहेका छन्।

हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए। तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन्।

गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन्। उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं।’

यहि स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन्।

उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्? छन् भने किन ५ वर्ष कुर्नु?’

प्रकाशित: १० माघ २०७९ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App