८ वैशाख २०८१ शनिबार
राजनीति

राज्य संयन्त्रहरुलाई थिलथिलो बनाएर छोडिएको छः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले विगतका सरकारले राज्य संयन्त्रहरुलाई थिलथिलो बनाएर छोडेको टिप्पणी गरेका छन्।

उनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘राज्यका संयन्त्रहरु थिलथिलो बनाएर छाडिएको छ। कानुन पालना भन्दा आदेश पालना गर्नेगरी राखिएको छ।’

मन्त्री लामिछानेले विगतमा संयन्त्रहरु थिलथिलो र कमजोर बनाउने मात्र कामहरु भएको उल्लेख गरे। ‘यही कोणहरुबाट धेरै प्रश्नहरु आउने रहेछन’, उनले भने।

मन्त्री लामिछानेले राज्य संरचनाको प्रणालीगत सुधार र मापदण्ड निर्माणको काम गरिरहेको बताए। ‘नेपाल जनताले धेरै ठूलो आशा भरोसा रोखेर निर्वाचित गराएका पठाएका छन्। एक अर्कालाई होच्चाउने, घाउहरु कोट्टाउने काम हाम्रो पार्टीबाट हुनेछैन’, उनले भने।

मन्त्री लामिछानेले नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीहरुका लागि संसदको उपस्थिती उत्साहजनक नभएको पनि बताए।

‘संसदको बहसलाई बिषयकेन्द्रीत बनाउन सकेका छैनौ। जागँर बढाउने बहस भएको छैन त्यो बहस गर्ने जिम्मेवारी हामीलाई छ’, उनले भने, ‘यो संसद नेपाली जनताका बिषयमा केन्द्रितहोस भन्न चाहन्छौं। आम नागरिकका लागि कानुन निर्मााणको थलो होस भन्ने छ।’

प्रकाशित: १० माघ २०७९ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App