३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनौतीको सामना गरेर उदाहरणीय बन्न ऊर्जा मन्त्रालय लिएको छु: लिङ्देल

उपप्रधान एवं उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले चुनौतीको सामना गर्दै उदाहरण बन्न ऊर्जा मन्त्रालय रोजेको बताएका छन्।  

मन्त्री बनेपछि पहिलो पटक गृह नगर झापा पुगेका लिङ्देनले  ऊर्जा मन्त्रालय एउटा मन्त्रालय मात्रै होइन यो नेपालको जीवनसँग सम्बन्धित रहेको बताए।

‘यसको उत्थान र पतनसँग देशको भविष्य जोडिएको हुँदा चुनौती मोल्दै आफ्नै नेतृत्वमा मन्त्रालय रोजेर सरकारमा गएका हौँ , उनले भने।

आइतबार बिहान करिब ११ बजे झापा पुगेका मन्त्री लिङ्देन अपरान्ह तिन बजे मात्रै गृह नगर गोलधाप पुगेका थिए।पञ्चेबाजा सहित उपस्थित भएका स्थानीयले लिङ्देनलाई फुल, माला, अबिर र खादाले स्वागत गरेका थिए। लिङ्देनलाई स्वागत गर्न प्रदेश नम्बर एककी राप्रपा सांसद सबिना बजगाईँ, जनप्रतिनिधि,पार्टीका कार्यकर्ता र स्थानीयको बाक्लो उपस्थिति थियो।

निवास पुग्ने क्रममा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मन्त्री लिङ्देनले हिन्दु राष्ट्र, राजसंस्था र सङ्घीयताबारे आफ्नो पार्टीको दृष्टिकोण परिवर्तन नभए पनि सरकारका मुद्दा यति बेला पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे।उनले अहिलेको सरकार सुशासन , बिकास, राष्ट्रियता र सेवा प्रवाहमा केन्द्रित रहँदै जनताले दिएको मेन्डेड पुरा गर्नतर्फ अग्रसर भइरहेको बताए। 

हामीले हाम्रो पार्टीको मुद्दा छोडेका छैनौँ, तर अहिले सरकारमा हुँदा अन्य विषयले प्राथमिकता पाएका हुन् उनले भने।मन्त्री लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको हात्ती मानव द्वन्द्वलाई हप्ता दिन भित्रै समाधान गर्न सोलार फेन्सिङको मर्मत सुरु गर्ने समेत बताएका छन्।

प्रकाशित: ८ माघ २०७९ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App