१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्छ: पूर्व मुख्यमन्त्री शाही

तस्बिर: वीरेन्द्रनगर जेसीजको पदस्थापन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नीति मात्रै राम्रो भएर नहुने बताउँदै त्यसलाई कार्यान्वयन गर्न नेतृत्व पनि राम्रो हुनुपर्ने बताएका छन्। शाहीले नीति राम्रो हुने तर व्यक्ति खराव हुँदा नेपालको बिकास र समृद्धिले गति लिन नसकेको बताए।

‘हामीले व्यक्ति प्रधान होइन्, नीति प्रधान हुनुपर्छ भन्दै आइरहेका छौं,’ वीरेन्द्रनगर जेसीजको ४४ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व मुख्यमन्त्री शाहीले भने, ‘असल नेता भएन भने त्यो नीति काम लाग्दैन्।’

पूर्व मुख्यमन्त्री शाहीले नेपालीहरुले समयको महत्व बुझ्न नसकेको बताए। ‘समय जीवन हो, समय पैसा हो,’ उनले भने, ‘समयको महत्व नबुझ्दा र समयलाई ख्याल नगर्दा धेरै कुरामा समस्या आइरहेको छ।’ उनले समयमै कार्यक्रममा नआउनेहरुलाई अतिथि बनाएर समय खेर नफाल्न पनि आग्रह गरे। ‘तोकिएको समयमा कार्यक्रममा नआउने, ढिलो गरेर कार्यक्रममा आउनेहरु अतिथि होइनन्, बेतिथि हुन्,’ उनले भने, ‘कर्णालीलाई समयमै हिँडाउन समयमै कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ।’

उनले आफ्नो १४ महिने कार्यकालमा केही उल्लेख्य कामहरु भएको पनि बताए। ‘कर्णालीलाई संघीय राजधानीसँग हवाई मार्गमार्फत जोड्न सक्यौं, अधुरा बिकास योजनाहरुलाई पूरा ग¥यौं,’ उनले भने, ‘कर्णालीलाई समयमै हिँडाउन मेरो नेतृत्वको सरकारले महत्वपूर्ण कामहरु गरेको छ।’

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले विधिलाई अंगिकार गरेर कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको बताए। ‘हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिएको भए प्रतिपक्षीनै नरहने अवस्था थियो,’ उनले भने, ‘मुख्यमन्त्रीलाई समर्थन पनि गर्ने अनि विपक्षमा पनि बस्न नसुहाउने भएकाले विपक्षमा मतदान गरेका हौं।’

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले नेतृत्व र व्यक्तित्व विकासका लागि जेसीजको भूमिका महत्वपूर्ण रहेको बताए। वीरेन्द्रनगर जेसीजका पूर्व महासचिवसमेत रहेका सुवेदीले युवाहरुमा सकारात्मक सोचको खाँचो रहेको औल्याउँदै जेसीज अभियानले त्यसको पूर्ति गर्नुपर्ने बताए। कार्यक्रममा वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव शम्भु पन्त, पूर्व अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो।

अध्यक्षमा ढुंगाना

वीरेन्द्रनगर जेसीज वर्ष २०२३ को अध्यक्षमा डिल्लुप्रसाद ढुंगाना चयन भएका छन्। उनलाई निर्वमान अध्यक्ष शैलेन्द्र पाठकले चेन लगाए। यस्तै कार्यकारिणी उपाध्यक्षमा महेन्द्रकुमार थापा र दुर्गाप्रसाद शर्मा, उपाध्यक्षमा जनक बुढा, प्रेमविक्रम शाही, प्रकाश खड्का र टीकाराम आचार्य चयन भएका छन्। वीरेन्द्रनगर जेसीजको कानुनी सल्लाहकारमा दिलिपजंग शाह, कोषाध्यक्षमा भिमबहादुर थापा, महासचिवमा रिदेश गिरी चयन भएका छन्।

प्रकाशित: ८ माघ २०७९ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App