६ वैशाख २०८१ बिहीबार
राजनीति

सोनाम ल्होछार मनाउन टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल सोनाम ल्होछार मनाउन टुँडिखेल पुगेका छन्। आइतबार सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई दाहालले उद्घाटन गरेका हुन्।  

दाहाल तामाङ समुदायको पोसाक लगाएर ल्होछार कार्यक्रममा पुगेका छन्। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मनाउने गर्दछन्। 

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ। अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले यो दिन हर्सोल्लासका साथ मनाउछन्।  

प्रकाशित: ८ माघ २०७९ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App