२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छः जनार्दन शर्मा

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन्।

शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने जिकिर गरे।

उनले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने निश्चित रहेको बताए। उनले सरकारमा भएका दलहरुले प्रश्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरे।

उनले भने, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरुमा छलफल हुन्छ। सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफल पछि मात्रै को हुन्छ भन्न सकिन्छ। गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतःस्फुर्तः छ। काँग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन। सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो। भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ। किनभने गठबन्धनमा अहिले बहुमत छ। निर्वाचित बहुमतले गर्ने हो। सरकारमा भएका दलहरुले प्रश्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ।’

सांसद शर्माले गठबन्धन फुटाउने र जोड्ने समय अब सकिसकेको भन्दै अहिले बनेको गठबन्धन निरन्तर अघि बढ्ने बताए।

प्रकाशित: ७ माघ २०७९ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App