१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मौन धारणमा नउठेको विषयमा राजेन्द्र लिङ्देनको स्पष्टीकरण

उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु गरेका छन्।

मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए।

त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पारे।

उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे।

उनले भने, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेशका सहीदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आईरहेको छ। सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो। उनको उपप्रधानमन्त्री म थिए। हामी उठेनौं। यसको अर्थ बाहिर के गईरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सहीदहरुका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ। तर संसदको एउटा मर्यादा हुन्छ। एउटा नियम हुन्छ। र, रुलिङ सभामुखको चल्छ।'

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गरे।

प्रकाशित: ७ माघ २०७९ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App