८ वैशाख २०८१ शनिबार
राजनीति

जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु: गृहमन्त्री लामिछाने

फाइल तस्बिर।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको भन्दै मिडियाको हेडलाइन भन्दा जनताको लाइफलाइन बदल्न मेहनत गरेको बताएका छन्।

शनिबार गृहमन्त्री लामिछानेले आफ्नो आधिकारिक फेस्बुक पेज मार्फत यस्तो लेखेका हुन्। उनले यसअघि बोलेका शब्द–शब्दको हेक्का रहेको बताउँदै भोट माग्दा गरेका वाचाहरुको समेत हेक्का रहेको बताएका हुन्।

‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ’, उनले लेखेका छन्, ‘मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ थोरै पर्खिनु चाहिँ पर्छ।’

यस्तै उनले अपराधिक गतिविधिमा संलग्न पुराना फरार अपराधिलाई समात्ने मात्र नभई नयाँ अपराधिहरु फरार हुन नपाउने भन्ने कुराको हेक्का रहेको बताए।

‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’, उनले लेखेका छन्। 

प्रकाशित: ७ माघ २०७९ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App