१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले पोखरा हवाई दुर्घटनाको छानबिन गरिरहेको छ: मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताए।  

उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए। उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको छ। अझै एकजना शिशुको शव खोजि कार्य जारी रहेको उनले जानकारी दिए। खोजी कार्यमा नेपाल प्रहरी,नेपाल आर्मी,नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको उनको भनाइ छ।  

प्रकाशित: ५ माघ २०७९ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App