१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

काठमाडौं– उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भ्रमणका समयमा भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइने उल्लेख गरे।

दुई छिमेकी देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका उपप्रधानमन्त्रीद्वय निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनको भ्रमणमा पठाउँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, “राष्ट्रिय कार्यदिशामा छिमेकीको समर्थन भएमा अन्य टाढाका मित्र राष्ट्रको पनि समर्थन सजिलो गरी प्राप्त हुने भएकाले त्यसका लागि भारत–चीनको भ्रमण गर्न लागिएको छ।”

एक साताभित्र हुने भ्रमणको अवसरमा नेपालका राष्ट्रपतिको स्थगित भएको भारत भ्रमणलाई सम्भव बनाउनुका साथै प्रधानमन्त्रीको भ्रमणको वातावरण मिलाइने जानकारी दिए। उनले वर्तमान सरकार संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन, मधेसका समस्यालगायतका विषयमा काम गर्न बनेको उनको तर्क थियो।

नेकपा (माओवादी केन्द्र)सँग भएको सातबुँदे र मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति संविधानलाई कार्यान्वयन गर्न भएको उनको भनाइ थियो।

सो अवसरमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रमेश लेखकले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको तीन स्तम्भमा संविधान उभिएकाले यीमध्ये कुनै एक कमजोर भएमा संविधान कमजोर बन्ने बताए।

वर्तमान सरकार विशिष्ट अवस्था भएको उल्लेख गर्दै कुनै पनि सरकारलाई विस्थापित गर्ने उद्देश्यले यो सरकार नबनेको उनले भनाइ थियो। रासस

 

प्रकाशित: २९ श्रावण २०७३ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App