coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाका नवनियुक्त मन्त्रीहरु पुगे पशुपतिनाथ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन्।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।

पशुपति मन्दिर दर्शन गरेर आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने फर्किएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३ माघ २०७९ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App