४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ।

मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्।

उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्। शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं(६ बाट निर्वाचित सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: ३ माघ २०७९ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App