६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।

प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए।

ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन्। स्वतन्त्र सांसद दिपक मनांगे (राजीव गुरुङ) भने प्रदेशसभामै अनुपस्थित थिए। 

६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ। 

नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन। एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए।  

प्रकाशित: २९ पुस २०७९ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App