१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठोस प्रस्ताव नआएसम्म सरकारमा सहभागी नहुने गठबन्धनको निर्णय

फाइल तस्बिर

काठमाडौं– आन्दोलनरत संघीय गठबन्धनले सरकारमा सहभागी हुने नहुने निर्णय तत्काल नगर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघीय गठबन्धनको बैठकले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समय कामयै रहेको भन्दै तत्काल सरकारमा सहभागी हुने नहुनेविषयमा कुनै निर्णय नगरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

सरकारको नेतृत्व गर्ने दल माओवादी केन्द्र र उसलाई सघाउने दल नेपाली कांग्रेसले कुनै ठोस प्रस्ताव नल्याएको भन्दै सरकारका विषयमा कुनै निर्णय नगरेको झाले जनाए।  नयाँ सरकार गठनमा गठबन्धन सकारात्मक भएको निष्कर्ष निकाल्दै बैठकले त्यसकालागि कांग्रेस माओवादीले ठोस प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको हो। ‘सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय भएको छैन,’ झाले भने,‘त्यसका लागि गठबन्धनमा मागका सम्दर्भमा ठोस प्रस्ताव आउनुपर्यो।

यसैगरी गठबन्धनको बैठकले स्थानीय तह पुर्नसंरचना आयोगको काम रोक्न माग गरेको छ। मधेसीमोर्चासहितको संघीय गठबन्धन सीमाकंनका विषयलाई लिएर आन्दोलनमै रहेको अवस्थामा  स्थानीय तहको पर्नुसंरचना आवश्यक नरहेको निष्कर्ष निकाल्दै पुर्नसंरचना आयोगको काम रोक्न माग गर्ने निर्णय गरेको हो। ‘अहिले संविधानप्रति नै असन्तुष्टि जनाएर संघीय गठबन्धन आन्दोलनमा रहेको अवस्थामा आयोगको प्रतिवेदन मान्य नहुने बैठकले निष्कर्ष निकालेको छ,’ झाले नागरिकन्युजसँग भने,‘संघीयता नै संस्थागत हुन नदिनेगरी आयोगले जसरी काम गरिरहेको छ त्यो मान्ने हुनेछैन।’

बैठकले तराइका विभिन्न जिल्लामा भएको बाढी पहिरोबाट व्यापक जनधनको क्षति हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै तत्काल राहत तथा उद्धारमा लाग्न सरकारसँग माग गरेको छ। गठबन्धनले आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा लाग्नसमेत निर्देशन दिएको छ।

 

प्रकाशित: १३ श्रावण २०७३ ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App