राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताएका छन । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे।
अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए । चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने धारणा व्यक्त गरे।
तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए ।आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराए।
प्रकाशित: २३ पुस २०७९ १४:२१ शनिबार


-600x400.jpg)

-600x400.jpg)
