१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न सकेन: महत

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रकासशरण महतले आर्थिक बृद्धिमा सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन्। संसदमा बजेट विधेयकमाथि बोल्दै महतले  सरकारले समृद्धिका आधारलाई विकसित गर्न नसकेको आरोप लगाए। बजेटले राखेको राजस्व असुलीको लक्ष्य  पुरा गर्न सम्भवन नभएको उनको दावी छ।

महतले सामयिक असुली ऐन अनुसार कर उठाउन मिल्ने भएकोले बजेट पास नभएर कुनै असर नपर्ने महतले बताए। सरकारले कर लिने ठाउँमा ध्यान नदिएको समेत आरोप लगाए। उनले अनुमति बिना किनबेच हुनै नसक्ने एनसेल प्रति सरकार वेखवर भएको बताए।

उनले एनसेलबाट कर लिन सरकारले कुनै पाइला नचालेको बताए। 'बजेटमा करका दर प्रस्तावित छन् तर आउन सक्ने ठाउँमा बजेट केन्द्रीत छैन', उनले भने, 'खाली यति उठाउँछु भन्ने छ।'

प्रकाशित: ७ श्रावण २०७३ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App