७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक पुस २८ गतेलाई सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २८ गतेलाइ सरेकाे छ। यसअघि समितिकाे बैठक २२ गतेलाइ तय गरिएकाे थियाे।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बस्न लागेको हो।

बैठकमा निर्वाचनपछिको समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुँदैछ।  

प्रकाशित: २० पुस २०७९ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App