१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अविश्वासको प्रस्ताव पारित गर्ने कांग्रेको निर्णय

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्ने निर्णय गरेको हो। वर्तमान सरकार विरुद्ध गत बुधबार कांग्रेस–माओवादीले संयुक्त रुपमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासको प्रस्तावमाथिको छलफलका लागि सभामुखले आजको समय तोकेकी छन्। सत्तारुढ गठबन्धनले पहिला यसअघि नै कार्यसूचिमा चढाइसकेको आश्रित विधेयक पारित गर्नुपर्ने अन्यथा संसद बैठक अबरुद्ध गर्ने निर्णय गरिसकेको छ। दलहरुबीच विवाद बढ्दै जाँदा सभामुख ओनसरी घर्तीले अहिले प्रमुख दलका शीर्षनेतासँग परामर्श गरिरहेकी छन्।

यसैबीच कांग्रेस संसदीय दलको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगाएत माग राख्दै १२ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको राजनीतिक बाहेक सबै माग पूरा गर्न सरकारसँग माग गरेको छ।

 

प्रकाशित: ६ श्रावण २०७३ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App