२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक चयन

नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रतिनिधि सभा सदस्य रमेश लेखक चयन भएका छन्।  

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार लेखकलाई प्रमुख सचेतकमा चयन गरेका हुन्।

देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै लेखकलाई प्रमुख सचेतकमा चयन गरेको जानकारी दिएका हुन्।  

विज्ञप्तिमा भनिएको छ, ‘सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको छ।’

लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: १९ पुस २०७९ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App