प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन्।
गत पुस ७ गते आले पारिवारिक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्।
पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन्।
प्रकाशित: १९ पुस २०७९ १३:३५ मंगलबार