१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

म यो कार्यकाल भाषण होइन सुशासन र विकासको निम्ति समर्पित हुनेछु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो यो कार्यकाल सुशासन र विकासका निम्त्ति समर्पित गर्ने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समापन समारोहलाई आज(शनिवार) सम्बोधन गर्दै दाहालले भाषण भन्दा पनि यस  कार्यकाललाई सुशासन र विकासका निम्ति समर्पित गर्ने बताएका हुन्।  

‘मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन,’ प्रधानमन्त्री दाहालले भने ‘यो कार्यकालमा भाषण कम र काम धेरै र जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु।’ कार्यक्रममा दाहालले भ्रष्टाचार र वेतिथि नियन्त्रण गर्न आफु लागि परेको बताए। ‘म देशको पक्षमा जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपालीको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको छु,’ उनले भने, ‘जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीहरुलाई मुक्त गर्ने निर्णय गरेको छु।’ 

प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछिको पहिलो क्याविनेट बैठकबाट देशको लागि अर्थतन्त्र सुधार गर्नका लागि काम गरेको बताए। अर्थतन्त्रको ऐतिहासिक संकटबाट पार लगाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ। जनतालाई पिर मर्का पर्ने कुनै पनि निर्णय नगर्ने जिकिर गर्दै प्रचण्डले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए। सुशासन र समृद्धिमा नयाँ युगको सुत्रपात गर्न देश बासीलाई उनले अपिल समेत गरेका छन्।

प्रकाशित: १६ पुस २०७९ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App