७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘नेतृत्वको सत्ता लिप्साले सबै गुम्यो’

अर्जुननरसिंह केसी।

नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवासहितको सानो समूहको सत्ता लिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाउनुपरेको निष्कर्ष निकालेका छन्। माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन तोड्दै एमालेसँग मिलेर नयाँ सरकार गठन गरेपछि बुधबार राजधानीमा इतर पक्षको भेला डाकिएको थियो। नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा विकसित राजनीतिक घटनाक्रमको निर्मम समीक्षा गर्नुपर्ने इतर पक्षमा सहमति भएको छ। त्यसका लागि इतर पक्षको फेरि अर्को बैठक बोलाएर साझा धारणासहित केन्द्रीय समितिमा उपस्थित हुने उनीहरूको तयारी छ। सभापति देउवाको सत्तालिप्सा र स्वार्थकेन्द्रित सानो गिरोहका कारण अहिलेको अवस्था आएको बताउँदै कांग्रेस नेता अर्जुननरसिंह केसीले संस्थागत निर्णय नहुँदा समस्या आएको आरोप लगाए। ‘आज (बुधबार) सामान्य छलफल गर्‍यौं,’ केसीले भेलापछि सञ्चारकर्मीसँग भने, ‘केन्द्रीय समिति र प्रदेश समितिमा जितेका र हारेका सबैलाई बोलाएर समग्र परिस्थितिमा छलफल गर्ने कुरा भएको छ।’

प्रकाशित: १४ पुस २०७९ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App