१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री देउवा बिहीबार भाडाको घरमा सर्ने

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट  पर्सि बिहीबार धुम्बाराहीको भाडाको घरमा सर्न लागेको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन  । पुस १० गते आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भए पछि देउवाले सरकारी निवास छोड्नु परेको हो । 

देउवाका निजी सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका हुन ।  पुष्प कमल दाहाल  भने अहिले आफ्नै निजी निवास खुमलटारमा बसिरहेका छन । देउवाले बालुवाटार छोडेपछि दाहाल प्रधानमन्त्री निवास बालुवाटार सर्नेछन् । सुरक्षा व्यवस्थापनका कारण प्रधानमन्त्री र मन्त्रीहरूलाई सरकारी निवासको व्यवस्था गरिएको हो । 

प्रकाशित: १२ पुस २०७९ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App