१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगनको अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले अपिल गरेका छन्।  

कांग्रेस संसदीय दलको निर्वाचन सुरु हुनुभन्दा केहिबेर अगाडि उनले सामाजिक सञ्जाल मार्फत संसदीय दलको नेतामा आफूलाई मतदान गर्न अपिल गरेका हुन्।  

उनले आज हुने कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने समेत बताएका छन्।

आमनिर्वाचन मार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि विवेकसम्मत निर्णय गर्न पनि उनले आग्रह गरेका छन्।  

उनले लेखेका छन्,'वर्तमान राजनीतिक अन्योलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु । सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु। तीन–तीनवटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ। मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु।'  

प्रकाशित: ६ पुस २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App