३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष विष्णु पौडेल

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन्।

आज नेकपा एमाले पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै  उपाध्यक्ष पौडेलले भने , 'नेकपा एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ'।

पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको उनले स्पष्ट पारे। पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत उनले आग्रह गरे। 

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए।  

प्रकाशित: २ पुस २०७९ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App