१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: आजदेखि स्थायी राजधानी कार्यान्वयन

घोषणा भएको दुई वर्ष पछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन गरिँदै छ। बुधबार यो प्रदेशको स्थायी मुकाम देउखुरीमा राजधानी कार्यान्वयनको सुरुवात गर्न लागिएको हो।

स्थायी राजधानी कार्यान्वयनको सुरुवात प्रदेश प्रमुख अमिक शेरचनले आज झण्डोत्तोलन गरेर गर्नेछन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अस्थायी मुकाम बुटवलबाट स्थायी थलोमा स्थानान्तरण भएपछि राजधानी कार्यान्वयनले औपचारिकता पाएको हो।

केहि दिन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी राजधानीमा स्थानान्तरण गरिएको थियो। आज राजधानी कार्यान्वयनको औपचारिक प्रारम्भ गरेपछि मुख्यमन्त्रीले आफ््नो कामकाज स्थायी राजधानीबाटै गर्ने छन्। यसैगरि प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई स्थायी राजधानीमै सपथ गारउने तयारी सरकारले गरेको छ।  

प्रकाशित: २८ मंसिर २०७९ ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App