१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विधिअनुसार पार्टी चलेको छैनः नेता नेपाल

रौतहट– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधिअनुसार चल्न नसकेको बताउँदै विधि र प्रक्रियाबाट पार्टी चल्नुपर्ने बताएका छन्।

रौतहटको चन्द्रपुरमा आयोजित किशोरीहरुलाई साइकल वितरण तथा नयाँ वर्षको शुभकामना अदानप्रदान कार्यक्रममा नेता नेपालले पार्टी विधान र प्रक्रियाभन्दा व्यक्तिगत गुटको जस्तो चल्न थालेको बताए।

राजदेवी मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा गरेको साइकल दौड प्रतियोगिताका विजयी किशोरीहरुलाई साइकल वितरण कार्यक्रममा सरकार परिवर्तन हल्ला मात्रै रहेको ठोकुवा गर्दै नेपालले अहिले सरकार परिवर्तनले देशलाई कुनै किसिमको फाइदा नहुने बताए।

रौतहटलगायत मधेसका विभिन्न जिल्लामा आन्दोलन र हडताल भइरहने र अर्कोतिर अनियमितता समेत मौलाइरहने प्रवृतितर्फ संकेत गर्दै नेपालले भने, "विकाशको काममा अवरोध नगर्न र अनियमितता हुन नदिन सबै क्षेत्रलाई चनाखो हुन म आग्रह गर्छु।"

आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणलगायतका योजना शुरु गर्ने पुरानो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै नेपालले आर्थिक वर्षको अन्तममा योजना शुरु गरेको कारण काम गुणस्तरहिन भइरहेको तथा उक्त रकम अनियमितता गर्ने बजेट फ्रिज हुने अवस्थाको अन्त्य गरी सवै महिना काम गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए।

राजदेवी मिडिया सेन्टरका अध्यक्ष राम पुकार राउतको अध्यक्षतामा भएको कार्यक्रममा १० जनालाइ साइकल वितरण गरिएको छ। सेन्टरले रौतहटमा २ सयभन्दा बढी किशोरीहरुलाई साईकल बितरण गरिसेकेको छ। मधेशका किशोरीहरुको हौसला मिल्ने र किशोरी शिक्षालाई बढावा दिने उदेश्यले हरेक वर्ष साइकल दौड प्रतियोगिता गर्दैछ।

प्रकाशित: ८ वैशाख २०७३ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App