१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जबरालाई रोक्न सर्वोच्चमा बारको धर्ना

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई सर्वोच्च अदालत प्रवेश रोक्न धर्ना दिँदैछ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नो निलम्वन फुकुवा भएको पत्र संसद सचिवालयबाट पाएलगत्तै सवोच्च अदालतमा आउने प्रवेश गर्ने तयारीमा थिए। त्यसलगत्तै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएशनका पदाधिकारीहरुसहित प्रधानन्यायाधीश जबरालाई रोक्न बुधबार दिउँसो सर्वोच्च अदालतको मुलगेटमा भेला भएका थिए।  

उनीहरू जबरालाई कुनैपनि हालतमा सर्वोच्च अदालतमा प्रवेश हुन नदिने पक्षमा छन्। कानूनी र नैतिकताका हिसावले सर्वोच्च अदालतको नेतृत्व गर्न जबरा असक्षम भएको भन्दै जबरालाई प्रधानन्यायाधीशको रुपमा काम गर्न दिन नहुने कानून व्यवसायीको तर्क छ।

संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले महाअभियोग फुकुवा भएको भन्दै निलम्वित प्रधानन्यायाधीश जबरालाई फुकुवा पत्र दिएका थिए। जुन पत्र संविधान र कानून विपरित रहेकाले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश हुन नदिने कानूनी व्यवसायीहरुको तर्क छ।  

प्रकाशित: २३ मंसिर २०७९ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App