नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्। मंसिरको ४ गते निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो।
प्रकाशित: २२ मंसिर २०७९ ०७:२९ बिहीबार