७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग गर्छ: मुख्यमन्त्री राई

फाइल तस्बिर।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उँधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्त्वपूर्ण पर्व यःमरी पुन्हीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन्। विविधता बिचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो। त्यसैले एक अर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्विकार्दै राष्ट्रिय एकता सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो।’

मुख्यमन्त्री राईले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन्। रासस

प्रकाशित: २२ मंसिर २०७९ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App